२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमाण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ १० गते देखि आईपीओ जारी गर्ने

माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ १० गते देखि आईपीओ जारी गर्ने


काठमाडौ । माण्डु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि भदौ १० गते देखि आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ लाख ३२० कित्ता (स्थानिय बासिन्दाका सेयर खरिद आवेदन नपरेको ७९ हजार ३० सेयर कित्ता सहित) साधारण सेयर निष्काशन गर्ने लागेको हो ।

त्यस्तै,सर्वसाधारणका लागि जारी गरिने साधारण सेयर मघ्ये १० प्रतिशत अर्थात १ लाख ३६ हजार ३६४ कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ७२ हजार १३३ कित्ता सामुहिक लगानी कोषका लागि र २८ हजार ८३५ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले जारी पुँजीको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्रि खुल्ला गरि १ लाख ३६ हजार ३६४ कित्ता बाँडफाँड गरिसकिएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आवेदनकर्ताले भदौ १३ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ २४ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ