२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत महसुुल

भारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत महसुुल


काठमाडौं । भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुुल लगाउने भएको छ ।

भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ ।

भारतको अर्थ मन्त्रालय अन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ देखि पुस १५ सम्म लागु हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो ।शनिबारदेखि लागु हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर्न दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको हो ।

भारत विश्वको सबैभन्दा ठुलो प्याज निर्यातकर्ता मुलुक हो । नेपाललगायत विभिन्न मुुलुकमा प्याज निर्यात हुने गर्छ । नेपालमा ९५ प्रतिशत भारतबाट आयात हुने गर्छ । भारतले निर्यातमा ४० प्रतिशत महसुुल बढाएसँगै आयात हुुँदा मूूल्य बढेर आउने छ । त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुुलो परिणाममा प्याज भारतबाट आयात हुने गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट छ अर्ब ८७ करोड ६७ लाख रुपियाँको १८ करोड किलो प्याज आयात भएको छ । स्थानीय बजारमा चीनबाट समेत प्याज आउने गर्छ । चालुु आवको बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रवर्धन गर्न प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको थियो ।

त्यति बेला बजारमा प्याजको मूूल्य ह्वात्तै बढेको थियो । त्यसपछि बजारमा क्रमिक रूपमा प्याजको मूल्य घट्दै गएको छ । हाल बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ६५ रुपियाँ रहेको छ । काठमाडौँ उपत्यकामा खपत हुने दैनिक ९० देखि एक सय टन प्याज भारतबाट नै आउने गरेको कालीमाटी बजार विकास समितिले जनाएको छ । अब प्याजको मूल्यमा केही बढोत्तरी हुने देखिएको र स्वदेशी उत्पादनका लागि किसानलाई अवसरसमेत जुटेको छ ।

गोरखापत्र दैैनिकमा प्रकाशित समाचारको साभार 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ