२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सर्वसाधारणका लागि साउन ३२ गते देखि निष्काशन गरिएको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

आज बैंकिङ समयसभित्र सर्वसाधारण लगानीकर्ताले आईपीआमा आवदेन दिइसक्नु पर्नेछ ।

सीडीएमसीका अनुसार हिजो साँभसम्म यस कम्पनीको आईपीओमा १२ लाख २१ हजार १४२ आवेदनकर्ताले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ता खरिदका लागि आवेदन दिएका छन्  ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमघ्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रि गरिसकेको छ ।

त्यस्तै ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरमा सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गरिएको थियो ।

सेयर निष्कासनका लागि सन नेपाल लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ड बैंकिङ्ग लि रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ