काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ अंकमा बन्द भएको छ ।
आजको दिन २७९ वटा कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर ८६ करोड ५१ लाख २० लाख ४५२.४० रुपैयाँमा खरिद बिक्रि भएको छ ।
कारोबारमा आएका मघ्ये ६९ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने १४४ वटा कम्पनीको घटेको छ । त्यस्तै १४ वटाको भने सेयरको मूल्य स्थिर रहयो ।
१३ वटा उप समूह मघ्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ ।
आजको दिन माछापूच्छ्रे बैंकको ३ करोड ६२ लाख रुपैयाँ बराबरमा सेयर खरिद बिक्रि भएसँगै कारोबारको आधारमा र्शिष स्थान रह्यो ।त्यस्तै आईएमइ लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३८ लाख रुपैयाँ र घोराही सिमेन्टको २ करोड २६लाख रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै,कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको मुल्यमा १० प्रतिशतले वुद्धी भई सकारात्क सर्किट लागेको छ भने स्वभिान लघुवित्तको ४.८३ प्रतिशतले घटेको छ ।