२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जाभदौ १५ गतेदेखि भृकुटीमण्डपमा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी हुने

भदौ १५ गतेदेखि भृकुटीमण्डपमा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी हुने


काठमाडौं । भदौ १५ गतेदेखि काठमाडौको भृकुटीमण्डपमा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।

मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपालको सयुक्त आयोजनामा भदौ १५ गते देखि १७ गते भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुऱ्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुनेछ ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन ।

यस प्रदर्शनीमा बिधुतिय कार, बिधुतिय स्कुटर, मोटरसाइकल, बिधुतिय साइकल तथा रिक्सा, चारजिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन ।

तीन दिने यस प्रर्दशनीको २०८० भाद्र १५ गते बिहान ११;०० बजे माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री शक्ति बहादुर बस्नेतले  उद्घाटन हुने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : उर्जा, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ