काठमाडौं – साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भदौ १५ गते मर्जर सझौता कार्याक्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले मर्जर सझौतामा हस्ताक्षर गरेका हुन ।
मर्जर पछी ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा एकिकृत कारोबार गर्ने सहमति भएको छ ।
साधना लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय गोरखा जिल्लाको गोरखा नगरपालिका —६,हरमटारी मा रहेको छ भने सबैको लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय तनहुा जिल्लाको बन्दीपुर गाउँपालिका —१ डुम्रेमा रहेको छ ।
मर्जर सझौता सँगै दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेका छन्।
समझदारी अनुसार सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशवकुमार पौडेल रहनेछन्।