२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जामिड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ २८ गतेदेखि साधारण सेयर बिक्रि खुल्ला गर्ने

मिड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ २८ गतेदेखि साधारण सेयर बिक्रि खुल्ला गर्ने


 

काठमाडौंं । मिड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ २८ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले जारी पुुँजीको १० प्रतिशत हुन आउने ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणका लागि जारी गरिने मघ्ये १० प्रतिशत अर्थात् ७४ हजार ८४० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ३७ हजार ४२० कित्ता सामुहिक लगानी कोषका लागि र १४ हजार ९६८ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख २१ लाख १७२ साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको हो ।

अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि १०,००० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवदेनकर्ताले असोज १ गतेसम्ममा यसमा आवेदन सक्नुपर्ने छ  । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ११ गतेसम्म आवेदन दिन सक्नेछन ।

त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ