काठमाडौ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि भदौ आज २१ गते देखि आईपीओ बिक्रि खुल्ला गरेको छ ।
कम्पनीले आफ्नो जारी पूूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर जारी गरेको छ ।
त्यस्तै,सर्वसाधारणका लागि जारी गरिने साधारण सेयर मघ्ये १० प्रतिशत अर्थात २ लाख ९२ हजार ५०० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।
त्यस्तै, कम्पनीले जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ४६ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ५८ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले आवेदनकर्ताले भदौ २५ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे असोज ४ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्रि तथा प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ ।
त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।