२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने

ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने


काठमाडौँ- ललितपुरमा नेपालमा उत्पादित कपडा, डिजाइनर र सीपकर्मीलाई लक्षित गरी ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको छ ।

आगामी असोज १३ र १४ गते पाटन संग्रहालयमा फेसनका पोशाक, हस्त सामग्री,फेसन, लाइफ स्टाइल, क्रोक्टेड, (कुरूस)ले वुनेको, केनीवेर (काति)ले बुनेको, संगीतका कार्यक्रम तथा खानाका साथै अन्य लुगाहरू प्रदर्शनीमा राखिने भएको छ ।

ललितपुर महानगर अन्तर्गत नेपाल घरेलु तथा साना उद्योग महासंघ र अबिर डिजाइन हबको संयुक्त आयोजनामा दुई दिनसम्म महोत्त्सव हुने भएको हो ।

दुई दिने महोत्सवमा नेपाली उत्पादन, कला र फेसन डिजाइनरहरूको नयाँ शैलीमा बनाइएका पोशाकहरू प्रदर्शनीमा राखिने अबिर हबका निर्देशक बिनि बज्रचार्यले जानकारी दिइन् ।

उनका अनुसार देशभरका विभिन्न ठाउँका ५० बढी उद्यमीका सामग्रीहरू राखिन्छ । नयाँ डिजाइनहरू, सीपकर्मी र नयाँ उद्यमीहरूको समेत उपस्थिति हुनेछ ।

अबिर डिजाइनर्स हब नेपालकै पोशाक ब्राण्ड रहेको बज्रचार्यले जानकारी दिइन् । ब्राण्ड नेपाली वातावरण, सामाजिक दायित्त्व र मूल्य मान्यताप्रति सजग रहेको उनको भनाइ छ ।

‘प्राकृतिक रेशाबाट निर्मित कपडाको पोशाक बनाएर बिक्री गरिन्छ,’ उनले भनिन्,’ स्थानीय सीपको प्रयोग गरेर पुनः प्रयोगमा ल्याएर डिजाइन गरी कम्पनीले बिक्री गर्ने गरेको छ ।

कोभिड-१९ को कारणले साना व्यवसायी तथा सीपकर्मीहरूको मनोबल उच्च राख्‍न अबिर अर्तिसन फेस्ट स्थापना भएको थियो । सन् २०२१ देखि अबिर आर्टिसन सुरु भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, महानगरपालिका



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ