२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको अन्तिम कारोबारको दिन दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

साताको अन्तिम कारोबारको दिन दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

आज नेप्से परिसूचक २८.९२ अंकले बढेर १९३२.४५ अंकमा बन्द भएको छ ।आज २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७.६० रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये २१ कम्पनीको शेयरको मूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ४ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।आज १३ वटै उपसमुहमा रातो पोतिएको छ ।

सेयर बजारमा आज लिबर्टी इनर्जीको संस्थापक सेयरको सवार्धिक करोबार भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ४ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख रुपैयाँ र सिद्वार्थ बैंकको ३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै,आजको शुभम पावर कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरको सेयरको मूल्य ९.९८ प्रतिशतले गिरावट आएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ