२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएनआईसी एशियाले ल्यायो “ फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर

एनआईसी एशियाले ल्यायो “ फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर


 

काठमाडौं । एनआईसी एशिया बैंकल कनेक्ट आईपीएस सँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “ फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नुहुनेछ ।

भाद्र १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंकस युजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकहरुले मोवाइल बैकिङ्ग एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफरगर्न सकिन्छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ