२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने

लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर २०७७ पुस मसान्तपछि २ वटा शाखा विस्तारित पश्चात काठमाडौं उपत्यकामा लघुवित्तीय संस्थाले एक वडामा एउटा शाखा खोल्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले फागुन १६ गते ‘घ’ वर्गका वित्तीय संस्थाका लागि परिपत्र जारी गरेर उक्त व्यवस्था लागु गरेको हो । सो व्यवस्था अनुसार काठमाडौं उपत्यका भित्रका स्थानिय निकायमा यस अघि नै शाखा भएको हुनु हुँदैन।

उपत्यकाको स्थानीय तहका वडाहरुमा एक शाखा खोल्न पाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ। तर उक्त वडामा कुनै पनि एक लघुवित्तको एउटा मात्रै शाखा रहनु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनको निर्देशन १३/०७७ को बुँदा नम्बर १ को उपबँदा (ङ) लाई संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। राष्ट्र बैंकले मर्जरमा गएका संस्थाहरुलाई भने काठमाडौं उपत्यका भित्र केन्द्रिय कार्यालय खोल्न दिएको छ ।

यो व्यवस्था अनुसार काठमाडौं उपत्यका बाहिर खोलिने दुई शाख मध्ये कम्तिमा एक शाखा गाँउपालिकामा खोलिएको हुनु पर्नेछ। राष्ट्र बैंकले लघुवित्त संस्थालाई काठमाडौं उपत्यकामा शाखा विस्तार गर्ने कडाइ गर्दै आएमा यस निर्देशन सँगै लघुवित्तहरुले काठमाडौं उपत्यकामा पनि आफ्ना शाखा खोल्ने अवसर पाएका छन्।

काठमाडौं उपत्यका भित्रका प्रत्येक वडामा लघुवित्तले एउटा शाखा खोल्न पाउने व्यवस्था सँगै लघुवित्त वित्तीय संस्थाले काठमाडौं उपत्यका भित्र आफ्नो शाखा कार्यालय विस्तार गर्न पाउने भएका हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ