काठमाडौं । सोमबार नेप्से परिसूचक ४० अंकले बढेर २५१५ अंकमा कायम भएको छ । आइतबार ८० अंकले घटेको सेयर बजार सोमबार भने हरियाली भएको छ। आज सबै समूहहरु बढेका छन्।
सोमबार कुल ५ अर्ब ६९ करोड रुपैयाँको सेयर खरिद विक्रि भयो। बैंकिङ २६, ब्यापार ९७, होटल तथा पर्यटन ५५, विकास बैंक ३८, जलविद्युत ३०, फाइनान्स २३, निर्जीवन बीमा १८३, उत्पादन ६८, अन्य २७, माइक्रोफाइनान्स ८१, जीवन बीमा ३५९ र लगानी समूह १ अंकले बढेका छन्।
सेयर बजारमा चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले वृद्धिपछि कम्पनीको मूल्य ४५५ रुपैयाँ कायम भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढ्यो। बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक र आशा लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढ्यो।
आज १३ कम्पनीको मूल्य २ प्रतिशतभन्दा कमले घटेको छ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर ४४ करोडकको कारोबार सँगै रुपैयाँको कारोबार आधारमा अग्रस्थानमा रहयो भयो। मूल्य प्रतिकित्ता २१ रुपैयाँ बढेर ५२९ रुपैयाँ कायम भएको छ। त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको ३० करोड बराबरको सेयर कारोबार भयो।