२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमाछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा

माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा


काठमाडौं – माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज १८ गते बस्ने भएको छ । उक्त सभा कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ४८७ औं बैठकले कम्पनीको २५ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७९/८० नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभाले सोही आर्थिक वर्षको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।

त्यस्तै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिशन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ति गर्न, गाभ्ने, गाभिने वा प्राप्ति सझौता गर्ने र यससम्बन्धी निणर्य गर्न तथा आवश्यक सम्पूणर् कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज ०७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक
ट्याग : #माछापुच्छ्रे बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ