२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा

सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा


काठमाडौं । सिटिजन्स क्यापिटलकाे  वार्षिक साधारण सभा असोज १९ गते बस्ने भएको छ । उक्त सभा ललितपुरको झम्सिखेलास्थित द लअनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

क्यापिटलको भदौ २४ गते बसेको सञ्चालक समितिको ११६ औं बैठकले कम्पनीको १७ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

त्यस्तै उक्त बैंठकले कम्पनीकाे  हाल कायम भएको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँ बराबरको ( लाभाशं कर  समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीकाे नियावली अनुसार गरिएकाे  संचालककाे नियुक्तिकाे अनुमाेदन पनि गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज ०७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ