२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङनेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाले आज भदौ २९ गतेदेखि ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५३० रुपैयाँ तोकेको छ । प्रतिकित्ता ५३० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदनकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ