२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएनआईसी एसिया बैंकले गर्यो लाभाशंको घोषणा

एनआईसी एसिया बैंकले गर्यो लाभाशंको घोषणा


काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको हो ।

बैंकले ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रूपैयाँ बराबरको बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ