२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार“मुक्तिनाथ सेयरधनी बचत खाता” मा सुविधाहरु थप

“मुक्तिनाथ सेयरधनी बचत खाता” मा सुविधाहरु थप


काठमाडौं । ग्राहकहरुलाई सम्पूणर् सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल . र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ ।

यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्नुहुने ग्राहकहरुले पाउनु हुनेछ ।

उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि. र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नु हुनेछ ।

नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ सेयरधनी बचत खाता” न्यूनतम मौजदात रु.१००/- मा खोल्न सकिने, निःशुल्क Connect IPS रजिष्टे्रशन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र Portfolio Management Service मा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनु हुनेछ ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध हुनु भएको छ । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ