काठमाडौं । आजबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्र दोस्रो बजार आउने भएको छ ।
नेप्समा मंगलबार लाइफ इन्स्योेरेन्स कम्पनीको साधारण सेयर सूचीकृत भएको थियो ।
साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएता पनि बुधबार सविधान दिवसका अवसरमा सार्वजनिक बिदा भएकाले कम्पनीको सेयर आज बिहीबारबाट कारोबारमा भएको हो ।
कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
कम्पनीको सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ९६ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता गरी ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो सेयर कारोबारको लागि न्युनतम १५८.४१ रुपैयाँ देखि अधिकतम ४७५.२३ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ ।
नेप्सेले सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ ।