२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएनआईसी एशिया बैंकले डाक्यो २६ औं वार्षिक साधारण सभा

एनआईसी एशिया बैंकले डाक्यो २६ औं वार्षिक साधारण सभा


 

काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आश्विन २८ गते बस्ने भएको छ ।

उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बैंकको असोज ५ गते बसेको संचालक समितिको ६३० औं बैठकले बैंकको २६ औं वार्षिक साधारणको मिति थय गरेको हो ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निणर्य गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर ( ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ ) र १.५२६३ प्रतिशत नगद लाभांश ( १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ ) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्नेछ ।

सभामा बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निणर्य गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ