२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल पुनर्बीमा कम्पनीको १० लाख संस्थापक सेयर बिक्रिमा

नेपाल पुनर्बीमा कम्पनीको १० लाख संस्थापक सेयर बिक्रिमा


काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले आज ८ गतेदेखि १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३३५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३३५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदनकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले एनआईसी एसिया क्यापिटल लिमिटेड, टेड्र टावर थापथाली , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ