२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रवाणिज्य बैेंकचालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी

चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांक अनुसार यस अबधिमा संचालनमा आएका वाणिज्य बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा ग्लोबल आईएमइ बैंक रहेको छ ।

ग्लोबल आईएमइ बैंकले चालु आवको यस अबधिमा ९९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै यस अबधिमा खुद नाफा आर्जन गर्ने दोस्रो स्थानमा नबिल बैक रहेको छ । नबिल बैकले ७५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गदै चौथो स्थानमा रह्यो ।

कुमारी बैंकले यस अवधिमा ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाउदै पाँचौँ स्थान रहेको छ ।

 


क्याटेगोरी : वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ