२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तसामुदायिक लघुवित्तले बोलायो विशेष साधारणसभा

सामुदायिक लघुवित्तले बोलायो विशेष साधारणसभा


काठमाडौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले असोज ३० गतेका लागि विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटेल उगचण्डी बिहान ११ बजेबाट सुरु हुनेछ ।

लघुवित्त संस्थाको असोज १४ गते बसेको सञ्चालक समितिको २२४ औं बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।

उक्त सभाले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धमा संचालक समितिको प्रतिवेदन तथा संयुक्त प्राप्ति समितिले गरेका निणर्य लगायत सम्पूण कामकारवाहीलाई अनुमोदन गर्ने छ ।

त्यस्तै यी दुई लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सझौता पत्रलाई सभाले स्वीकृत गर्ने छ । सभाले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच १ः०८५३५ सेयर स्वाप रेसियोमा मर्जर गर्ने प्रक्रियालाई पारित गर्नेछ ।

सभाले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति दायित्व मूल्याङन गर्ने संयुक्त प्राप्ति समितिबाट सम्पत्ति दायित्व मूल्यङ्खनकर्ता पीएलआरजी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट लाई नियुक्त गरेको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा संचालक समितिको सिफिसिमा लेखापरिक्षकको नियुक्त तथा पारिश्रमिक सम्बन्धी निणर्यलाई अनुमोदन गर्नेछ ।

सभाले मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरी संस्थाको नाम, ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्तापुँजी, सेयर संरचनालगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियममावलीको आवश्यक दफा, उपदफा तथा नियमहरु संशोधन तथा परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले असोज २१ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज २० गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।


क्याटेगोरी : लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ