काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आज असोज २१ गते देखि सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले पसल सञ्चालन गर्ने भएका हुन् ।
काठमाडौं उपत्यकामा ८ बिक्री केन्द्रहरु तथा तीन घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा पसल सञ्चालन गरिएको छ ।
उपत्यकाबाहिर ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूणर् पसल रहने भएको हो । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपियाँ छुट्टाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँ मूल्य तोकेको छ । बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।
दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति २ सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।