बिराटनगर । ग्यास्ट्रोनोमि टुरिजम एसिशिएन अफ नेपालले प्रदेश नः १ मा आफ्ना कार्यक्रम सञ्चालन गर्नेका लागि बिज्ञान शर्मा चापागाईलाई चयन गरेको छ ।
ग्यास्ट्रोनोमि टुरिजमले प्रदेश १ मा आफ्नो प्रमोसन, विभिन्न कार्यक्रम सञ्चालन,प्रचार आदि गर्नका लागि चापागाईलाई चयन गरेको हो । चापागाई हइट फेदर हस्पिट्लिटि सर्भिशेजका कार्यकारी प्रमुख हुन् ।
ग्यास्ट्रोनोमि टुरिजम एसिशिएन अफ नेपाल एउटा यस्तो संस्था हो जसले स्थानीय स्तरका खानालाई देशव्यापी प्रवर्धन गदै आएको छ ।
कुनै पनि पर्यटकले ठाउँ विशेष स्थानीय तथा परम्परागत खानोकुराको अनुभव लिन रुचाउछन् । यस्ता पर्यटनलाई ग्यास्ट्रोनोमि टुरिजम, फुड टुरिजम, कुलिनरी टुरिजम भनि विश्वव्यापी रुपमा चिनिन्छ । नेपालको सन्दर्भमा पनि ग्यास्ट्रोनोमि टुरिजम अथवा स्थानिय भाषामा भन्दा भोजन पर्यटनको अवधारण भर्रखरै विकास भएको पाइन्छ ।
ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालको आवश्यकत्ता महसुस गरी कम्पनी रजिष्ट्रारको कार्यलयमा मुनाफा वितरण नगर्ने उद्देश्य सहित सोसियल इन्टरप्रइजेजको रुपमा होटल, रेष्टुरेन्ट, वेकरी, होमस्टे लगाएत सबै विधामा काम गरिरहेको पेशागत र व्यवसायीहरुकोसहभागितामा यो संस्था स्थापना गरिएको ग्यास्ट्रोनोमि टुरिजम एसिशिएन अफ नेपालका अध्यक्ष सुरेस चन्द्र बस्नेतले जानकारी गराए ।
हइट फेदर हस्पिट्लिटि सर्भिशेजका कार्यकारी प्रमुख बिज्ञान चापागाईले ग्यास्ट्रोनोमि टुरिजम एसिशिएन अफ नेपालको उद्देश्य बमोजिम फेदर हस्पिट्लिटिले कार्य गर्ने बताउनु भयो ।
प्रदेश १ को स्थानीय स्थरमा परम्परागत तथा रैथाने खानालाई देशव्यापी तथा विश्व समुदायमा चिनाउन खाना महोत्सव तथा प्रतियोगिता गर्ने योजन रहेको चापागाईले जानकारी गराए ।