काठमाण्डौ । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७८-७९ का लागि साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक गरेकाे छ ।
प्रभु महालक्ष्मी लाईफ मर्ज हुनुअघिको प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८-७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन असोज २३ गते नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको थियो।
प्राधिकरणले बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेसँगै कम्पनीले बोनस दर घोषणा सार्वजनिक गरेको हो ।
प्रभु महालक्ष्मी लाइफले साबिक प्रभु लाइफको विभिन्न ९ वटा र महालक्ष्मी लाइफको विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरेको हो ।
प्रभु महालक्ष्मी लाइफले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, सम्पूणर् मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने बताएको छ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने जनाएको छ ।
