काठमाडौं । आज सेयर बजारर २३.१६ अंकले घटेर १८५१.४३ अंक बन्द भएको छ ।
आज बजारमा २८४ कम्पनीको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७०.९६ रुपैयाँमा कारोबार भएको छ
कारोबारमा आएका कम्पनीहरु मघ्ये २२ वटाको सेयरको मूल्य बढेको छ । त्यस्तै २२१ वटाको घट्यो भने ३ वटाको स्थिर रह्यो । आजको दिन १३ वटै उपसमुहमा रातो पोतिएको छ ।
आज प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनीको ५ करोड २७ लाख रुपैयाँ,सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख रुपैयाँ, रिलायबल लाइफको ३ करोड ५८ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको ३ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ७.८७ प्रतिशत र सिद्धार्थ ग्रोथ स्किमको ७.३१ प्रतिशतले बढेको छ भने हाथवे इन्भेष्टमेन्ट तथा सयपत्री हाइड्रोपावरका सेय मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।