२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्र२२.१ प्रतिशतले बढ्यो रेमिट्यान्स

२२.१ प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौं । भदौ महिनामा रेमिट्यान्स २२.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंक सार्वजनिक गरको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । त्यस्तै यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : अर्थतन्त्र, नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ