काठमाडौं— अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसन (एन्म्डा)को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
एन्म्डाको १८ नोभेम्बरमा लन्चेष्टनमा भएको अधिवेशनले २ वर्षका लागि डा.महेश ढकालको नेतृत्वमा १५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमसः डा. सुजाता थपलिया र डा. मिलन पिया चयन भएका छन् यसैगरी, महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्षमा डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल निर्वाचित भए ।
अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा डा. पवन प्याकुरेल, नर्दन टेरिटोरीमा डा. ऋतेष भण्डारी, क्वीन्सल्याण्ड डा. अतुल धिताल, साउथ अष्ट्रेलियामा डा. अर्जुन बुर्लाकोटी संयोजक चयन भएका छन् ।
यसैगरी, तास्मानियामा डा. निरज उप्रेती, भिक्टोरियामा डा. विकास अवाले, वेस्टर्न अष्ट्रेलियामा डा. नवीन दंगाल र न्युजिल्याण्डमा डा. निरञ्जन शर्मा संयोजक चुनिएका छन् ।
एनएसडब्लूयुको संयोजक भने पछि चयन हुने नवनिर्वाचित अध्यक्ष डा. ढकालले जानकारी दिए । डा. ढकाल यसअघिको कार्यकालमा तास्मानियाको संयोजकको भूमिका थिए ।
‘अष्ट्रेलिया र न्युजिल्याण्डमा छरिएर रहेका चिकित्सकहरुलाई एशोसिएसनको छातामुनि ल्याउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जुनियर डाक्टरमुखी कार्यक्रमहरु पनि अगाडि बढाउँछौं ।’ संस्थाले सीएमई, वेविनारजस्ता कार्यक्रमहरु गर्दै आएको छ । अधिवेशनमा ३६ जनाभन्दा बढी नेपाली चिकित्सकहरु सहभागी थिए ।
डा. ढकालका अनुसार अष्ट्रेलियामा नेपाली चिकित्सकहरुको एकिन तथ्यांक नभएपनि झण्डै ४ सय देखि ५ सय हाराहारीमा हुन सक्ने आँकलन छ ।