२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेट‘खल्तीमा मेरो शेर , डिम्याट, एसआईपी भुक्तानी सँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

‘खल्तीमा मेरो शेर , डिम्याट, एसआईपी भुक्तानी सँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने


‘‘खल्ती’ ले पुँजी बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेर , डिम्याट, एसआईपी, को भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

यसै अनुरूप खल्तीले नेप्से सँगको सहकार्यमा खल्ती छनोट गरि टि एम एस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको छ।

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधा मार्फत शेर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टि. एम. एस मार्फत खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिनेछ।

खल्ती प्रयोग गरि टि एम एस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ ः

ज्ञ) आफ्नो ब्रोकरको टि. एम. एस पोर्टलमा जानुहोस्
द्द) “फन्ड मेनेजमेन्ट” मा जानुहोस्
३) लोड कोलेटरल छनोट गर्नुहोस्
४) बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्नुहोस्।
५) रकम र रिमार्क्स दाखिला गरि सब्मिट गर्नुहोस्
६)पुनः खल्ती जानकारी दाखिला गरि सब्मिट गर्नुहोस्

साथै ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ :

१) आफ्नो ब्रोकरको टि. एम. एस पोर्टलमा जानुहोस्
२) “फन्ड मेनेजमेन्ट” मा जानुहोस्
३) “फन्ड सेटलमेन्ट” को “बाई इन्फर्मेसन” मा जानुहोस्
४) पेमेन्ट ड्यु “ छनोट गर्नुहोस्
५) “खल्ती” छनोट गरि भुक्तानी गर्नुहोस्

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ , “ पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यका साथ हामीले आफ्ना प्रयोगकर्तालाई मेरो शेर , डिम्याटका साथै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान , (एस.आई. पी), भुक्तानी सेवा उपलब्ध गराउँदै आईरहेका छौँ,जस अन्तर्गत बार्षिक लाखौँ प्रयोगकर्ताले खल्ती मार्फत यो सेवा उपभोग गरिरहेका छन्।

हाम्रो सुविधा उपलब्ध भए सँगै थुप्रै साना तथा मझौला शेर लगानीकर्ता लाभान्वित हुने कुरामा हामी विश्वस्त छौँ साथै आगामी दिनमा थप संस्थासँग सहकार्य गर्दै हाम्रो सुबिधा विस्तार गर्ने उदेश्यका साथ निरन्तर रूपमा अघि बढिरहेका छौँ।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ज्ञ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट , ५०+ बैंक तथा वित्तिय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।

सम्पूण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ