२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रज्योतिलाईफ इन्स्योरेन्स आईपीओ आजबाट

ज्योतिलाईफ इन्स्योरेन्स आईपीओ आजबाट

कममा १० कित्ता र बढीमा ६६ हजार कित्ता सेयरमा आवेदन सकिने


काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर आज फागुन २१ गते निष्कासन हुदैछ ।

यहि फागुन २३ गते साधारण सेयर निष्कासन मिति तोकिए पनि सो दिन जारी गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा प्रभाव पर्ने भएकाले मिति परिर्वतन गरि आईपीओ आज निष्कासन गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने लागेको हो ।

ज्योतिलाईफले ३ लाख ३३ हजार कित्ता सेयर सामुहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरका लागि सवसाधारणले आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गर्ने भएको छ ।

ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको आईपीओ निष्कासन गर्नेका लागी बिक्रि प्रबन्धक एनएमबी क्यापिटल्स रहेको छ । सर्वसाधारणले कममा १० कित्ता र बढीमा ६६ हजार कित्ता सेयरमा आवेदन सकिनेछन ।
आईपीओका लागि आवेदन छिटोमा यहि फागुन २६ गते र ढिलोमा चैत ६ गते सम्ममा दिन सक्नेछ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ