२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकवैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई  बढ्याे विदेशी मुद्रा सटही सुविधा

वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई  बढ्याे विदेशी मुद्रा सटही सुविधा


काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा र उच्च शिक्षा हासिल गर्न जानेलाई विदेशी मुद्रा सटही सुविधा बढाएको छ ।

राष्ट्र बैंकले पुस १२ गते एक परिपत्र जारी गर्दै विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र-२०७९ संशोधन / परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा थियो ।

त्यस्तै, उच्च शिक्षा हासिल गर्न अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा जाने विद्यार्थीले अमेरिकी डलर १२ हजार सम्मको सटही सुविधा पाउने व्यवस्था ल्याएको छ । यस अघि यस्तो सुविधा अमेरिकी डलर १० हजार सम्म थियो ।

 

 

 

 


क्याटेगोरी : नेपाल राष्ट्र बैंक
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ