२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकले २०.२५ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै

राष्ट्र बैंकले २०.२५ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै


काठमाडौं   । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनको लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनको ५ अर्ब  ५० कराेड रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो ।

९१ दिनको ट्रेजरी आउदो चैत २० गते ,१८२ दिनको ट्रेजरी २०८१ असार  १९ गते र ३६४ दिनको २०८१  पुस  १९ परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ