२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने, बलात्कारमा दोषि ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंले, नाबालिग बलात्कार आरोप लागेका लामिछानेलाई दोषी ठहर गरेको हो ।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिले बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई करणी गरेको ठहर गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाइ हुने अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए उनले भने ‘अब न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । त्यसलगत्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका सन्दिप २० असोजमा नेपाल फर्किएलगत्तै विमानस्थलमै पक्राउ परेका थिए ।

२८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ