काठमाडौं, । आज सेयर बजारमा हरियाली छाएको छ । लगातर घटेको सेयर बजार आज भने २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेर बन्द भएको छ ।
आज सेयर बजारमा १३ वटा उपसमूहमा हरियाली छाएको छ ।
आजको दिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४.५९ रुपैयाँको कारोबार भएको छ । आज २०९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६
वटाको स्थिर छ ।
सेयर बजारमा सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँ,आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्डको १५ करोड ४० लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३८ लाख रुपैयाँ भन्दा बढीमा सेयर किनबेच भएको छ ।
सेयर बजारमा आज दिब्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्ड,पिपुल्स हाइडेपावर, भगवती हाइडेपावरसोनापुर आयल एन्ड मिनरल्स र मुक्तिनाथ कृषि कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।