२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु

मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दैं सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले छिमेरी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताएका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूणर् हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूणर् सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदैं कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिइरहेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ