२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिओली पक्षीय संसदीय दलको बैंठक सकियो, ११५ सांसद सहभागी भएको दाबी

ओली पक्षीय संसदीय दलको बैंठक सकियो, ११५ सांसद सहभागी भएको दाबी


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय संसदीय दलको बैठक सकिएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद सहभागी भएको उक्त समुहले दाबी गरिएको छ ।बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ जना सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा यो अझै संख्या बढदै जाने र उत्साहित भएर अगाडी बढ्न निर्देशन दिएको उनको भनाइ थियो ।भट्टराईले अविश्वासको प्रस्ताव आए पनि पास नहुने दाबी गरे । उनले कानुनी हिसाबले पार्टी विभाजन हुन कठिन रहेको पनि बताए ।

प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबार अपराह्न ४ बजे बोलाइएको छ ।

नेकपाको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक भने फागुन २१ गते शुक्रबार बसेको थियो । सो खेमाले आफ्ना पक्षमा पनि ११५ जना सांसद रहेको दाबी गरेको छ । गत

पुस ५ गते देखि नेकपा दुई खेमामा विभाजित भएकाे छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ