काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिना सम्ममा जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ को ५ महिनामा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ५४ हजार ५८३ बीमा लेखबाट ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन । ३ वटा माइक्रो इस्योरेन्स कम्पनीहरुले १ करोड ९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
संचालनमा आएका १४ जीवन बीमा कम्पनीहरु मघ्ये यस अवधिमा सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बीमा शूल्क संकलन गरेको छ ।
नेपाल लाइफले १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै नेश्नल लाइफ इन्स्योरेन्स ७ अर्ब १६ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै बढी बीमा शुल्क संकलन गर्नेमा दोसा्रे स्थान रह्यो ।
तेस्रोमा एलआइसी लाइफले ६ अर्ब ९२ करोड १ लाख रुपैयाँ र चौथोमा हिमालयन लाइफले ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ,सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ,एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ,सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ,प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ ,आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ,रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैया र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकका छन् ।
त्यस्तै,यस अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क बापत १० अर्ब ९७ लाख ३२ लाख रुपैयाँ संकलन गरेका छन् भने ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेका छन् ।
साथै प्राधिकरणको तथ्याङक अनुसार संचालनमा आएका तीन माइक्रो लाइफ मघ्ये गार्डियन माइक्रो लाइफले मंसिर महिनासम्मा ३ हजार ५१४ वटा बीमा पोलिसी विक्री गरी ३५ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ४ हजार ६९ वटा बीमा पोलिसी विक्री गरी ६१ लाख ९८ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा ४८८ वटा बीमा पोलिसी विक्री गरी ११ लाख ६७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।