काठमाडौं । टी-२० विश्वकप २०२४ को खेलतालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी-२० ढाँचाको यो महत्वपूणर् प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ ।
पहिलो पटक टी-२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५-५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि टोलीलाई ४-४ को २ समूहमा विभाजन गरिनेछ । सुपर-८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।
प्रतियोगिताको पहिलो खेल जुन १ मा आयोजक अमेरिका र क्यानडाबीच हुनेछ । नेपाली टिम समूह डीमा रहेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड रहेका छन् ।
नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ । यो खेल डालसमा हुने छ । यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्न छ । १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ ।
समूह ए – भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा।
समूह बी – इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान
समूह सी – न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी
समूह डी – दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल
सन् २०२४ को टी-२० विश्वकपमा कुल ५५ खेल खेलिनेछन् जसमा समूह चरणका ४० खेल जुन १ देखि १८ सम्म हुनेछ । त्यसपछि जुन १९ देखि जुन २४ सम्म सुपर ८ मा दुई समूहका कुल १२ खेल हुनेछन् । सेमिफाइनल खेल २६ र २७ तारिखमा हुनेछ भने फाइनल खेल २९ गते हुनेछ ।