काठमाडौं, । साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ ।
आजको दिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड ४० लाख ८ हजार ३७९.८५ रुपैयाँको कारोबार भएको छ ।
आज ८१ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । आज सेयर बजारमा हाइड्रोपावर बाहेक अरु सबै उपसमूहमा रातो पोतिएको छ ।
सेयर बजारमा सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको १९ करोड ९४ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख रुपैयाँ र माउन्टेन इनर्जीको १५ करोड ९० लाख रुपैयाँ भन्दा बढीमा सेयर किनबेच भएको छ ।
आजको दिन तेह्रथुम पावर कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको सेयरको मूल्य ६.६९ प्रतिशतले घटेको छ ।