२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुदिप थापाको नेतृत्वमा नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति

सुदिप थापाको नेतृत्वमा नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति


काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ  ।

संघको २४औं वार्षिक साधारणसभाले सुदिप थापाको नेतृत्वमा तीनवर्षीय कार्यकालको लागि १४ सदस्यीय ११ औं कार्यसमिति निर्वाचित गरेको हो ।

संघको अध्यक्षमा थापा निर्विरोध निर्वाचित भएका हुन । संघका नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, ,सचिवमा सन्तोष खड्का र अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा साजन श्रेष्ठ ,सदस्यहरूमा, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ