एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको जानकारी गराएको छ ।विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।
विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले दिएको जानकारी अनुसार खासमा घानाबाट शुरु भएको यी खोपहरु यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो । उहाँले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताउनुभयो ।
आउदो हप्ता पनि प्राय जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अन्य ३१ देशलाई उपलब्ध गराइने छ ।
खोप अभियान हाल निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रम अनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उनले बताए ।
विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न नसक्ने नरहेका वा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई शुरुमा यो खोप अनुदानका रुपमा दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।
—