२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशनेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न


बिराटनगर । नेरुडे लघुवित्त संस्थाको चौधौं बार्षिक साधारण सभा फागुन २२ गते सम्पन्न भएको छ ।

साधारण सभा बिराटनगरको उद्योग संगठन मोरङको सभाहलमा संस्थाका  अध्यक्ष डा.भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको हो ।आर्थिक बर्ष २०७६/०७७ को प्रगति विवरण संचालक समितिको तर्फबाट वित्तीय संस्थाका अध्यक्ष धमलाले प्रस्तुत गरेका थिए ।

यो अवधिमा नेरुडे लघुवित्तीय संस्थाले १३ लाख ९ हजार ८५४ घर परिवारलाई लधुवित्त सेवा दिएको छ । त्यसैगरी संस्थाका शाखा उप शाखा मार्फत ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड कर्जा लगनी गर्न सफल भएको र २ अर्ब १८ करोड बचत संकलन गर्न पनि नेरुडे लघुवित्त सफल भएको छ ।
सस्थाले  सम्पुर्ण वित्तीय कारोबार समावेश पछीको संस्थाको खुद मुनाफा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ र २९ पैसा आर्जन गरेको अध्यक्षले जानकारी गराए ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८े प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत  वितरण गर्ने  निर्णय साधारण सभाले पारित गरेको छ ।

बोनस वितरण पछिका संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार पुग्ने छ । साधारण सभाले संस्थाका सस्थापक सेयरधनीहरुबाट मणि कुमार अज्र्याललाइ संचालकमा निर्विरोध चयन गरको छ । राष्ट्रीय स्तरको यस संस्थाको ३१ जिल्लामा ९२ शाखा र उप शाखाहरु रहेको छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #नेरुडे लघुवित्त


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ