२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकबैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक


काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तान्ने भएको छ ।

केन्द्रिय बैंकले १४ दिने निक्षेप सङ्कलन उपकरण मार्फत् बैंकिङ प्रणालीबाट रकम खिच्न लागेको हो ।

आर्थिक तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ ।

राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजेबाट अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने भएकाले इच्छुक क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको सावाँ ब्याज भुक्तानी आगामी माघ ४ गते हुने केन्द्रिय बैंकले जनाएको छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ