२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजार साढे ५४ अंकले वृद्धि

सेयर बजार साढे ५४ अंकले वृद्धि


काठमाडौं  । सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।

आज नेप्सेमा सबै उपसमूहमा हरियाली छाएको छ।

आजको दिन सेयर बजारमा सबैभन्दा धैरे सोनापुर मिनरल्स एन्ड आयलको सेयर खरिद बिक्रि भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको करोबार भएको छ । त्यस्र्त,निफ्राको २३ करोड २६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २१ करोड १३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १७ करोड ६३ लाख रुपैयाँ र अपाी पावर कम्पनीको १६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

आजको दिन दिन बुटवल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर,हिमालयन पावर पार्टनर,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट र नेपाल वेयरहाउसिङ कम्पनीको सेयर १० प्रतिशतले बढेर सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै ज्योति विकास बैंकको बोन्ड २०८७ को इकाईको ९.९९ प्रतिशत र हिमालयन बैंक ८० २० को इकाईको ९.७० प्रतिशतले घटेको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ