२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने

नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने


काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ