२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजविद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर

विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर


काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन) ट्युसन पढ्न पुगे । ३४ वर्षीया लक्ष्मी ख्यालठट्टा गर्न मनपराउँथिन् । उनको विवाह भएको थिएन । ट्युसन पढाउने बेलामै लक्ष्मी र राजु नजिकिए । उनीहरूबीच माया प्रेमका कुरा हुन थाले । एक दिन लक्ष्मीले राजुलाई आफ्नै कोठामा बस्न भनिन् । राजु लक्ष्मीकै कोठामा बस्न थाले । उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो । उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे । उनले त्यहाँ १२ कक्षासम्म पढे ।

१२ पछि उनी थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए । लक्ष्मीले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन् । लक्ष्मीको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो । पढाइसकेपछि लक्ष्मी र राजुबीच विवाह गर्ने सल्लाह भएको थियो । तर, लक्ष्मीले अर्कै केटासँग विवाह गरिन् । राजुले आफू र लक्ष्मीको सम्बन्धबाहिर ल्याउने धम्की दिएपछि लक्ष्मीका श्रीमानले अफेयरबारे थाहा पाए । उनी प्रहरीमा पुगे । कालिमाटीस्थित महिला सेलमा उजुरी पुगेपछि राजुलाई पनि डाकियो । राजुले पुराना सबै अतीत खोले । विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै लक्ष्मीमाथि राजु खनिए । उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले । सेलले प्रहरी कार्यालयमा लेनदेन हुँदैन भनेपछि ५० हजार भए पनि पुग्छ भन्दै राजुले लक्ष्मीसँग मागे । प्रहरीले बाहिरै मिलाउनु भन्दै कागज गराएर छाड्यो ।

 


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ