२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रघरजग्गा कारोबारलाई व्यवस्थित बनाउन बजेटमा जग्गा तथा आवास विकास प्राधिकरण बनाउने घोषणा गर्नुपर्छः अध्यक्ष लोहनी

घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन बजेटमा जग्गा तथा आवास विकास प्राधिकरण बनाउने घोषणा गर्नुपर्छः अध्यक्ष लोहनी


नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घरजग्गामा पछिल्लो समय देखिएका समस्या समाधान र कारोबार व्यवस्थित बनाउनको लागि प्राधिकरण बनाउने घोषणा गर्नुपर्ने बताउनु भएको हो । अध्यक्ष लोहनीले मालपोत ऐन, २०३४ संशोधन भएपनि नियमावली तत्काल बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

उहाँले घरजग्गा कारोबार हेर्न छुट्टै नियमनकारी निकायको रुपमा जग्गा विकास आवास प्राधिकरण बन्नेगरी बजेटमा घोषणा गर्नुपर्ने माग राख्नुभयो । उहाँले प्राधिकरणले घरजग्गाको कारोबारलाई पनि शेयर मार्केट जस्तो व्यवस्थित गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरी ऐनमा ल्याण्ड पुलिङ निजी क्षेत्रलाई ल्याउने व्यवस्था गरी रियल स्टेटलाई जग्गा हदबन्दी छुट दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले  घरजग्गा कारोबार शिथिल भएको परिस्थितिलाई सहज बनाउने बजेट आउनुपर्ने बताउनु भयो । उहाँले एसेट व्यवस्थापन कम्पनी बनाउन सुझाव दिनुभयो । उहाँले विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन ल्याउने प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले बजेटमा लोकप्रिय खालका कार्यक्रम ल्याउने तर कार्यान्वयन नहुने समस्या रहेको भन्दै कार्यान्वयन गर्नेगरी ल्याउन सुझाव दिनुभयो । उहाँले घरजग्गा कारोबार क्षेत्रमा पनि यस्ता धेरै कार्यक्रमहरु घोषणा हुने गरेको तर कार्यान्वयन नहुने गरेको भन्दै कार्यान्वयन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले बजेटमा लोकप्रिय खालका कार्यक्रम ल्याउने तर कार्यान्वयन नहुने गरेका छन् । घरजग्गा कारोबार क्षेत्रमा पनि यस्ता धेरै कार्यक्रमहरु घोषणा हुने तर कार्यान्वयन नभएका धेरै उदाहरणहरु छन् । अब त्यसलाई कार्यक्रम घोषणा मात्रै गर्ने तर कार्यान्वयन नगर्ने भन्दा पनि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुने खालको ल्याउनुपर्छ । घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि लाइसेन्सको व्यवस्था गर्ने धेरै वर्ष पहिला भनिएर पनि भर्खरै ऐनमार्फत व्यवस्था गरेको छ । ब्रोकरहरुलाई पनि छुट्टै लाइसेन्सको व्यवस्था भनिएको छ तर आउन सकेको छैन । त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्छ । बजेट समग्र उद्योगी व्यवासायीहरुलाई आशा जगाउनु गरी आउनुपर्छ ।

रानीतिक सहमतिका आधारमा बजेट ल्याउनुपर्छ । सरकारले कनिका छर्ने खालको बजेट ल्याउनु हुँदैन । मालपोत ऐन २०३४ संशोधनबाट ऐन बनेको छ । नियमावली तत्काल बनाउनुपर्छ । त्यतिले मात्रै पुग्दैन । घरजग्गा कारोबार हेर्न छुटटै प्राधिकरण बनाउनुपर्छ । जग्गा विकास आवास प्राधिकरण बन्नेगरी बजेटमा घोषणा गर्नुपर्छ । प्राधिकरणले घरजग्गा कारोबारलाई शेयर मार्केट जस्तो घरजग्गाको कारोबारलाई व्यवस्थित गर्ने गरी अगाडि बढ्नुपर्छ । शहरी ऐनमा ल्याण्ड पुलिङ निजी क्षेत्रलाई ल्याउने व्यवस्था गर्नुपर्छ । रियल स्टेटलाई जग्गा हदबन्दी छुट दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्छ ।

घरजग्गा कारोबार शिथिल भएको परिस्थितिमा बैंकहरुले कर्जाको सूचना निकाल्ने तर व्यवसायीहरुले कर्जा तिर्न नसक्ने अवस्थाले बैंकहरुको खराब कर्जा बढ्नेर बैंकहरु धराशायी बन्न सक्छन् । त्यसैले एउटा एसेट व्यवस्थापन कम्पनी बनाउनुपर्छ । विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन ल्याउने प्रतिवद्धता जनाउनुपर्छ ।’

उहाँले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि लाइसेन्सको व्यवस्था गर्नेकुरा धेरै वर्ष पहिला भनिएको भएपनि हालै ऐनमार्फत व्यवस्था गरेको भन्दै ब्रोकरहरुलाई पनि छुट्टै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले समग्र उद्योगी व्यवासायीहरुलाई आशा जगाउने गरी बजेट ल्याउन सुझाव दिनुभयो


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ