२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटइन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै

इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै


काठमाडौँ —भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले ल्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधीमा उल्लेखनीय प्रगति भएको जानकारी गराएको छ ।

प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका बरिष्ठ सल्लाहकार डा.कुलदिप सिंहले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सौन्दर्य प्रक्रियाहरुमा देखिएका सम्भावना र अस्पतालले यसक्षेत्रमा गरेका उपलब्धीहरुबारे जानकारी गराएका हुन् ।

उनलेदक्ष विशेषज्ञहरुको बढ्दो मागलाई पुरा गर्नका लागि अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धी पहलहरुको बारेमा जानकारी गराएका थिए ।

बढ्दो माग र पहुँचसँगै डाक्टरहरुको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको उनले बताए । उनले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हासिल गरेका उपलब्धीहबारे समेत विस्तृतमा जानकारी दिनु भएको थियो । विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतपूर्ण केसहरुको सामना गरेको र ती केसहरुलाई उच्च गुणस्तरको सुविधासहित सामन गरेर सफल भएको उनले बताए ।

‘बिरामीहरुलाई सौन्दर्य र सौन्दर्य प्रक्रियाहरुमा सबैभन्दा उन्नत र न्यूनत्तम इनबेसिभ प्रविधीहरुमा पहुँच प्रदान गर्न पाउँदा हामी एकदमै गौरवान्तित छौं । चाहे हल्का टच अप होस् वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधी प्रयोग गरेर हरेक कार्यमा नैतिक, सुरक्षा केन्द्रित दृष्ट्रिकोण लागु गर्छौं, हाम्रो उद्देश्य सर्जिकल प्रक्रियामात्र पुरा गर्नु होइन, विरामीमा पूर्ण रुपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो’ उनले भने ।

इन्द्रप्रस्थ अपोलो अस्पताल, भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । सन् १९९६ मा स्थापना भएको सो अस्पताल अपोलो हस्पीटल ग्रुपले स्थापना गरेको तेस्रो सुपर स्पेशालिटी केयर अस्पताल हो ।

 

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ