२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन

समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन


काठमाडौँ ।नेपाल राष्ट्र बैकले एकीकृत निर्देशिका २०७७ बमोजिम असोज महिनामै व्यक्तिगत आवधिक कर्जामा स्थीर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ ।

एकीकृत निर्देशन २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थीर ब्याजदर निर्धारण तथा प्रकाशन गर्ने राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशन जारी गरी व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा नयाँ तथा पुरानो कर्जाको ब्याजदर स्थीर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

अब असोज मसान्तभित्रै पुराना ऋणीहरुले ब्याजदर समेत स्थीर हुनका साथै नयाँ व्यक्तिगत कर्जा लिनेले पनि स्थीर ब्याजदरमा उपयोग गर्न पाउने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ